Breaking

काठमाडौंको फोहोर व्यवस्थापनका लागि ठूला ल्याण्डफिल्ड साइटको विकल्प खोजौँ: मन्त्री झाँक्री


काठमाडौँ — शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले काठमाडौंको फोहोर व्यवस्थापनको लागि ठूला ल्याण्डफिल्ड साइटको विकल्पमा साना व्यवस्थापन केन्द्र खोज्नुपर्ने बताएकी छन् ।

शुक्रबार शहरी विकास मन्त्रालयमा बञ्चरे डाँडावासीहरुसँग भएको छलफलमा मन्त्री झाँक्रीले ठूला ल्याण्डफिल्ड साईटहरु बन्न समय लाग्ने भएकाले विकल्पको रुपमा स–साना फोहोर, ढल व्यवस्थापन केन्द्र खोज्नुपर्ने बताएकी हुन् ।

मन्त्री झाँक्रीले शुक्रबारबाटै काठमाडौं उपत्यकाको फोहोर उठाउन सम्बन्धित निकायहरूलाई अनुरोध गरिन् । ‘हामीले ठूला ट्रिटमेण्ट प्लान्ट, ठूला प्रोजेक्ट ठूला ल्याण्डफिल्ड साइटको गफ गर्यौं अहिलेसम्म । तर ती सक्सेस भएनन् । त्यसैले ठूलो ल्याण्डफिल्ड साइटभन्दा किन्ने, बिक्री गर्ने कानून, कार्यविधि, मेकानिज्म बनाउनुपर्छ’, झाँक्रीको भनाइ छ ।