Breaking

मुलुकलाई आत्मनिर्भर नबनाए वाह्य ऋण लिनुपर्ने अवस्था आइरहने छ : अर्थमन्त्री शर्मा


काठमाडौँ — अर्थमन्त्री जनार्दन शर्माले आन्तरिक राजश्व वृद्धि गरी मुलुकलाई आत्मनिर्भर नबनाएसम्म आन्तरिक तथा वाह्य ऋण लिनुपर्ने अवस्था आइरहने बताएका छन् । शुक्रबार प्रतिनिधि सभा अन्तरर्गतको अर्थ समितिले सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६ माथि छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् । सरकारले मुलुकलाई सन् २०२६ सम्म कम विकसितबाट विकासोन्मुखमा स्तर उन्नती गर्ने लक्ष्य राखेकाले त्यसका लागि अर्बौं लगानी गर्नु पर्ने उनको भनाइ छ ।

सरकारले सन् २०२६ सम्म विकसित मुलुक बनाउने लक्ष्य पूरा गर्न ऋण लिनु पर्ने आवश्यक रहेको मन्त्री शर्माले बताए । उनले परियोजनाहरुमा ऋण लिने र खर्च गर्ने परिपाटी बदल्नु पर्ने आवश्यकता रहेको बताए । सरकारले लिएको धेरै ऋण उत्पादन मुलक नभएर खर्च बढाउने खालको रहेको उनको भनाइ थियो ।