काठमाडौँ — काठमाडौं महानगरपालिकाको पहिलो कार्यपालिका बैठकले उपत्यकाभित्रका होटल तथा रेस्टुरेन्टका शौचालय सार्वजनिक रुपमा प्रयोग गर्न सम्झौता गर्ने निर्णय गरेपछि अहिले चर्चामा छ । काठमाडौं महानगरको उक्त योजना उपत्यकामात्रै सीमित नभएर देशका विभिन्न ठूला सहरका होटल तथा रेस्टुरेन्टले पनि सिको गर्न थालेका छन् ।
काठमाडौं महानगरजस्तै पोखरा महानगरले पनि महानगर क्षेत्रभित्रका होटल, रेस्टुरेन्ट, बैंक, तथा विभिन्न संघसंस्थाका शौचालय सार्वजनिक रुपमा प्रयोग गर्न २ पक्षीय सम्झौता गर्ने भएको छ । बिहीबार बसेको पहिलो कार्यपालिका बैठकले एक वर्षभित्र पोखराका विभिन्न ठाउँमा सार्वजनिक शौचालय बनाउने र त्यससम्मका लागि संघसंस्था तथा होटलको शौचालय प्रयोग गर्ने गरी सम्झौता हुने निर्णय भएको प्रमुख प्रशाकीय अधिकृत बलराम रिज्यालले जानकारी दिए ।


प्रतिक्रिया