काठमाडौँ – प्रमुख विपक्षी दल नेकपा एमालेका सांसद रामवीर मानन्धरले काठमाडौँको फोहोर व्यवस्थापन गर्ने जिम्मेवारी आफूलाई दिन आग्रह गरेका छन् ।
शुक्रबार प्रतिनिधि सभामा बोल्दै उनले आफ्नै अध्यक्षतामा फोहोरमैला व्यवस्थापन संसदीय समिति गठनको प्रस्ताव गरेका हुन् ।
‘काठमाडौँ महानगरपालिकाको मेयरको उम्मेदवार हुन मैले आकांक्षा गरेको थिएँ तर, म उम्मेदवार बन्न पाइनँ । फोहोरमैलाले अहिले काठमाडौँ अस्तव्यस्त ध्वस्त भइरहेको छ । सरकारसँग सभामुखमार्फत एउटा माग राख्न चाहन्छु, मेरो अध्यक्षमा फोहोरमैला व्यवस्थापन संसदीय समिति निर्माण गरोस्’, उनले भने ।
शहरी विकास राज्य मन्त्री रहँदा मानन्धरले बञ्चरे डाँडाको ल्याण्डफिल्ड साइट निर्माणमा चासो दिएका थिए ।


प्रतिक्रिया