Breaking

मन्त्री झाँक्रीले बञ्चरेडाँडा र सिसडोलबासीसँग माफी मागिन्


काठमाडौँ – शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले धादिङको बञ्चरेडाँडा र नुवाकोटको सिसडोलवासीसँग माफी मागेकी छिन् ।

शहरी विकास मन्त्रालयमा शुक्रबार आयोजित सर्वपक्षीय बैठकमा आफ्ना वचनले चोट पुगेको भए क्षमा गर्न अनुरोध गरेकी छन् । ‘हिजोका कुराहरुलाई माफीमिनाह पाऊँ, मेरो वचनले स्थानीय तहमा साथीहरुलाई असजिलो पर्योु, उनले बैठकमा भनिन्, ‘जनताको तहमा चोट पर्यो भने पनि माफी चाहन्छु ।’

शुक्रबारदेखि अघिका दिनमा सिसडोल र बञ्चरेडाँडाका समस्यालाई उठाएर अघि बढ्ने उनले प्रतिवद्धता पनि उनले जनाएकी छन् ।

‘मैले केही कथाका कारणले आएका रियाक्टमा पनि क्षमाप्राथी छु । हाम्रो स्टेरिङ कमिटी बनेर कार्ययोजना बनाएर कार्यान्वयन गर्छौं,’ उनले भनिन्, ‘मन्त्री र सचिवहरु आउने कुरा भइरहन्छन् । जनप्रतिनिधिले कसरी कुन तहको मेकानिजम बनाउने भन्ने कुरा पनि आयो। हामी मिलेर अघि बढ्नुपर्छ ।’

सिसडोल र बञ्चरेडाँडा क्षेत्रका बासिन्दाले अहिले फोहोरको समस्या मन्त्री झाँक्रीकै कारण आएको बताएका थिए । झाँक्रीले सहमतिको वातावरण बनाउन नसक्दा समस्या बढेको आरोप स्थानीयले लगाइरहँदा माफी मागेकी हुन् ।