Breaking

ओली-प्रचण्ड सुध्रिएनन् भने नेपालमा कम्युनिष्ट सकिन्छन् : योगेश भट्टराई (भिडियोसहित)


कठमाडौँ – चुनावी हारको नैतिक जिम्मा लिएर पद त्याग गर्न अध्यक्ष केपी ओलीलाई सुझाव दिने गरेका घनश्याम भुसाल प्रतिशोधको घानमा परेका छन ।

विशेषत: दशबुदे मार्फत भित्रिएका दशभाईले कारबाहीलाई लिएर प्रश्न उठाँउदा भुसालले पनि यसलाई आफूमाथि वदलाको भावना राखिएको बताएका छन । जसले एमालेभित्र फेरी दश भाई र ओलीगुट वीचको द्धन्द सुरु भएको छ ।

पार्टीको अनुशासन आयोगले नेकपा (एमाले)का स्थायी कमिटी सदस्य घनश्याम भुसाललाई एकाएक कारबाहीको सिफारिस गर्यो । पूर्व उपमहासचिव समेत रहेका र वौद्धिक नेताका रुपमा परिचित भूसालमाथि कारबाहीको सिफारिस भएसंगै अहिले पार्टीभित्र तरंग नै सिर्जना भएको छ ।

विशेषत: दशबुदे मार्फत भित्रिएका दशभाईले कारबाहीलाई लिएर प्रश्न उठाँउदा भुसालले पनि यसलाई आफूमाथिको वदलाभावमार्फत आएको पूर्वाग्राही निर्णयको रुपमा लिएका छन् । यो निर्णयले एमालेभित्र अध्यक्ष केपी शर्मा ओली निकट र दशबुँदे मार्फत भित्रिएकाविच द्धन्द्ध सुरु भएको छ । कारबाही प्रति दशभाई मध्येका एक योगेश भट्टराईले आबेग, उत्तेजना र आग्रहमा गरिने कुनै पनि कृया र प्रतिकृयाले सहि ठाउँमा नपुर्याउने बताएका छन । यता उपाध्यक्ष युवराज ज्ञवालीले भुसालमाथिको कारबाही प्रत्युत्पादक हुन बताएका छन ।

स्थानीय चुनावमा पार्टीले हार ब्यहोरेर पार्टी पंक्ति नै निराश भइरहेका बेलामा नेताहरूलाई कारबाही गर्दै हिँड्नु गलत हुने ज्ञवालीको तर्क छ । चुनावकै मुखमा अर्को पार्टीलाई मत दिन उक्साउने र जुगाँको लडाईका कारण गढ क्षेत्रकै उम्मेद्वारलाई पराजित गराउने व्यक्तिहरुलाई छोडेर हारको नैतिक जिम्मा लिएर पद त्याग गर्न अध्यक्ष ओलीलाई सुझाव दिने भुसाललाई कारबाहीमा परेपछि यसलाई दशभाईले प्रतिसोधको रुपमा वुझेका छन । नेता डा. भीम रावलले यसलाई उल्टो बाटाको संज्ञा दिएका छन । यसै सन्दर्भमा योहो टेलिभिजनको सत्य संवाद कार्यक्रममा नेकपा एमालेका सचिब योगेश भट्टराईसँग गरिएको कुराकानी :