Breaking

आजको मौसम : देशभर हल्कादेखि भारी वर्षाको सम्भावना


काठमाडौँ – आज (बिहीवार) देशभर बदली रहने र हल्कादेखि भारी वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

आज दिउँसो प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशमा सामान्य देखि पूर्ण बदली रही बाँकी भू-भागमा आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान विभागले जनाएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार कर्णाली र लुम्बिनी प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

विभागका अनुसार आज राति प्रदेश–१, मधेस प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।

प्रदेश–१, मधेस प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकोे विभागले जनाएको छ ।