Breaking

वर्षासँगै पहिरो खसेपछि नारायणगढ-मुग्लिन सडक खण्ड अवरुद्ध


काठमाडौँ – वर्षासँगै खसेको पहिरोको कारण नारायणगढ– मुग्लिन सडक अवरुद्ध भएको छ ।

चितवनको इच्छाकामना–६ तोपे खोला स्थित नाम्सी पुलमा पहिरो खसेका कारण गए रातिदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए ।

आज बिहानैदेखि पहिरो हटाएर राजमार्ग सुचारु गराउने प्रयास भइरहेको अधिकारीले बताए। पहिरोकै कारण मुग्लिन–नौबिसे सडक पनि अवरुद्ध भएको छ ।

इच्छाकामना–४ स्थित नाग्दि खोलामा गए राति पहिरो खसेका कारण सडक दुईतर्फी अवरुद्ध भएको प्रवक्ता अधिकारीले जानकारी दिए ।