काठमाडौँ — रत्ननगर नगरपालिकाको टाँडीमा जन्ती बस दुर्घटना भएको छ । निपनीस्थित हरिहर मन्दिरबाट दुलही लिएर बडगाउँ जाँदै गरेको ना ५ ख ६४३ नम्बरको बस रत्ननगर नारापालिकास्थित लौरिघोलमा दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय रत्ननगरले जनाएको हो ।
उक्त दुर्घटनामा बसमा सवार चालक सहित २६ जना यात्रु मध्ये १३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
दुर्घटनामा परि एक बालक हराइरहको आशंकाले र खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यलय टाँडीले बताएको छ ।


प्रतिक्रिया