देश

दार्चुलामा आगो लगाएर एकल महिलाको हत्या


काठमाडौैँ — दार्चुलामा आगो लगाएर एक जना एकल महिलाको हत्या गरिएको छ । शैल्यशिखर नगरपालिका १ बारिलका ४० वर्षीया अनिभा खडायतको हत्या गरिएको हो । घर नजिकैको खरको लुटोमा आगो लगाएर ती महिलाको हत्या गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका डिएसपी प्रतीक विष्टले बताए ।

घटना के कारणले घट्यो भन्नेबारे अनुसन्धानको लागि डिएसपी विष्ट आफैँ घटनास्थल प्रस्थान गरेका छन् खडायतलाई राती हत्या गरिएको अवस्थामा फेला पारिएको वडा नम्बर १ का वडाअध्यक्ष भरतबहादुर खडायतले जानकारी दिए ।

मृतक महिलाका दुई छोरी र एक छोरा छन् । घटनामा संग्लन रहेको आंशकामा प्रहरीले स्थानीय वीरेन्द्र खडायत र तुला खडायतलाई नियन्त्रणमा लिएको बताइएको छ ।