Breaking

भट्टराईकी छोरी मानुषी आउँदो आम निर्वाचनमा उम्मेदवार बन्ने


काठमाडौँ — जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा बाबुराम भट्टराईकी छोरी मानुषी यमी भट्टराई आउँदो आम निर्वाचनमा काठमाडौंबाट उम्मेदवार बन्ने भएकी छन् । काठमाडौं क्षेत्र नम्बर ५ वडा ७ मध्ये एउटा क्षेत्रबाट प्रतिनिधिसभा निर्वचनमा उम्मेदवार बन्ने उनको तयारी छ । भट्टराईले आफूलाई चुनाव लड्न प्रस्ताव आएको र आफूले स्वीकारेको बताइन् ।

पार्टीभित्र पनि युवा अगाडि आउनुपर्‍यो, व्यवस्थापिकामा उपस्थिति जनाउनु पर्‍यो, अलि तयारी गर्नु पर्‍यो भन्ने सुझाव आयो’ उनले भनिन्, म तयारै छु भन्ने खालको कुरा मैले राखेँ । आफ्नो उम्मेदवारीको विषय प्रारम्भिक छलफलमा रहेकाले कुन निर्वाचन क्षेत्रबाट प्रतिस्पर्धा गर्ने भन्ने नटुंगिएको उनको भनाइ छ । प्रारम्भिक छलफल भर्खर सुरु भएको छ । साथीहरुले निर्वाचन क्षेत्र नम्बर ५ अथवा ७ भन्नुभएको छ । छलफल गरेर टुंग्याउने कुरा भएको छ भट्टराईले भनिन् ।