देश

देशकै ठूलो त्रिभुवन विश्वविद्यालय लामो समयसम्म तालाबन्दीमा , बालकृष्ण खाँण दोषी भएको आरोप


काठमाडौँ — नेकपा एमालेका सांसद खगराज अधिकारीले देशकै ठूलो त्रिभुवन विश्वविद्यालयमा लामो समयसम्म तालाबन्दी हुनुमा गृहमन्त्री बालकृष्ण खाँण दोषी भएको आरोप लगाएका छन् ।

आज बुधबार प्रतिनिधिसभामा शून्य समयमा बोल्दै उनले गृहमन्त्री बालकृष्ण खाँणको ठाडो निर्देशनमा त्रिविमा तालाबन्दी गरिएको आरोप लगाए । आफैं तालाबन्दी गर्न लगाउने अनि सुशासनको कुरा गर्न सुहाउँदै भन्दै उनले आपत्ति जनाए ।