समाचार

दार्चुलामा घर नजिकै जलाएको अवस्थामा महिलाको शव फेला


काठमाडौँ – दार्चुलामा एक महिलाको शव जलेको अवस्थामा फेला परेको छ ।

शैल्यशिखर नगरपालिका १ बारिलमा ४५ वर्षीया अनिभा खडायतको शव घर नजिकै फेला परेको दार्चुला प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक लोकेन्द्र कार्कीले जानकारी दिए । ​अनिभा एकल महिला हुन् ।

घर नजिकै खरमा जलाएको अवस्थामा उनको शव बुधबार बिहान फेला परेको प्रहरीले जनाएको छ । उनको हत्या भएको आशंका गरिएको छ । अहिले घटनास्थलमा प्रहरी पुगिसकेको छ । दार्चुलाका प्रहरी प्रमुख डीएसपी प्रतिक बिष्टसहितको टोली पनि जाने तयारीमा रहेको निरीक्षक कार्कीले जानकारी दिए ।