Breaking

नयाँ बानेश्वरमा युवा संघको मसाल जुलुस


काठमाडौँ — नेकपा एमालेको युवा संगठन युवा संघले नयाँ बानेश्वरमा मसाल जुलुस निकालेको छ । सरकारले सवारीमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरेको विरोधमा युवा संघले मंगलबार साँझ मसाल जुलुस निकालेको हो ।

यसअघि इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरेको विरोधमा युवा संघले प्रदर्शन गरेको थियो।जसमा युवा संघका कार्यकर्तामाथि प्रहरीले लाठी प्रहार गरेको थियो ।

उनीहरुले मंगलबार कालो ब्‍यानरमा ‘राष्ट्रघाती गोठालाहो, इम्बोस्ड नम्बर घोटाला हो’ लगायतका नारा जुलुस गर्दै यातायात व्‍यवस्था कार्यालय अगाडिसमेत धर्ना दिएका थिए ।