Breaking

राप्रपाद्वारा विभिन्न विभागका प्रमुख मनोनयन

योहो संवाददाता

काठमाडौँ — राप्रपाले विभिन्न विभागको प्रमुख मनोनयन गरेको छ । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको विधान बमोजिम राजनीतिक, प्रशिक्षण, संगठन, अन्तर्राष्ट्रिय सम्बन्ध र स्वास्थ्य विभागको प्रमुख पदमा मनोनयन गरेका हुन् ।

जसअनुसार राजनीतिक विभाग प्रमुखमा उपाध्यक्ष बुद्धिमान तामाङ, प्रशिक्षण विभाग प्रमुखमा उपाध्यक्ष ध्रुव बहादुर प्रधान, संगठन विभाग प्रमुखमा महामन्त्री डा धवलशमशेर राणा, अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुखमा महामन्त्री भुवनकुमार पाठक तथा स्वास्थ्य विभाग प्रमुखमा डा राम प्रसाद उप्रेती रहेका छन् ।