Breaking

बानेश्वरस्थित युवा संघको प्रदर्शनमा प्रहरीको लाठी चार्ज


काठमाडौँ — युवा संघ नेपालले सवारीसाधनको इम्बोस्ड नम्बर प्लेट जडानमा सर्वसाधारणलाई अस्वभाविक दबाब दिएको भन्दै काठमाडौंमा प्रदर्शन गरेको छ। काठमाडौंको बानेश्वरस्थित यातायात व्यवस्था विभाग अगाडि इम्बोस्ड नम्बर प्लेट खारेज हुनुपर्ने भन्दै विरोध प्रर्दशन गरेको हो ।

सवारीसाधनको इम्बोस्ड नम्बर प्लेटमा दबाब दिएको र उक्त नम्बर प्लेटको अत्यधिक मूल्यविरुद्ध प्रदर्शन गरिएको युवा संघले जनाएको छ । प्रदर्शनमा सहभागीहरुले इम्बोस्ड नम्बर घोटाला हो, इम्बोस्ड नम्बर चाहिँदैन, ठेकेदारलाई दुई वर्ष थपलगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

प्रदर्शनका क्रममा उनीहरुले सरकारी सवारी साधनलाई रोक्न खोजेपछि प्रहरीले लाठीचार्ज गरेको थियो। इम्बोस्ड नम्बर प्लेट जडानका बिषयमा तीव्र आचोचना भएपछि विभागले भने साउन १ देखि सबै सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्न नखोजिएको जनाएको छ ।