काठमाडौँ — नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलकी छोरी संज्ञा पोखरेल घरको चारतला माथिबाट खसेर गम्भिर घाइते भएकी छिन् । सोमबार आफ्नै घरको चारतला माथिबाट खसेर घाइते भएकी पोखरेलको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
सुरुमा मनमोहन अस्पताल पुर्याएकी पोखरेलको अहिले ट्रमा सेन्टरमा सघन उपचार कक्षमा उपचार भइरहेको स्रोतले जनाएको छ । उनको दायाँ तर्फको खुट्टामा दुई ठाउँमा भाचिएको छ भने दायाँ हात पनि भाँचिएको छ । उनको कम्मरको हड्डी भाचिनुको साथै अनुहारमा पनि चोट लागेको छ । छोरीको स्वास्थ्य अवस्था बुझ्न पौडेल मंगलबार ट्रमा सेन्टर पुगेका थिए ।


प्रतिक्रिया