काठमाडौँ — बर्दियामा स्थानीय र प्रहरीबीच झडप हुँदा एक युवतीको मृत्यु भएको घटनामा छानबिन गर्न गृह मन्त्रालयले समिति बनाएको छ । मधुवन नगरपालिका-२ मा सोमबार नविना थारूको मृत्यु भएको घटनाबारे छानबिन गर्न ५ सदस्यीय छानबिन समिति बनाएको गृह मन्त्रालयले जानकारी दिएको छ ।
गृहमन्त्री बालकृष्ण खाणले गृह मन्त्रालयका सहसचिव हरि घिमिरेको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति बनाएका हुन् । समितिलाई काम सुरू गरेको मितिले ७ दिनभित्र घटनाका सम्बन्धमा स्थलगत रूपमा छानबिन गरी प्रतिवेदन पेस गर्ने निर्देशन दिइएको छ ।
समितिमा राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण विभागका उप(महानिर्देशक ९सहसचिव० बेदकुमार ढकाल, नेपाल प्रहरीका उपरीक्षक कृष्ण कोइराला, राष्ट्रिय अनुसन्धान विभागका उप(अनुसन्धान निर्देशक विकास पाण्डे र गृह मन्त्रालयका उपसचिव ध्रुब खड्का सदस्य छन् । गृह मन्त्री खाणले छानबिन समिति बनेकोबारे संसदमा पनि जानकारी गराएका छन् ।


प्रतिक्रिया