Breaking

प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै लोसपा शीर्ष नेता


काठमडौँ – लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का शीर्ष नेताले आज प्रधानमन्त्री शेरबहादुर दउवालाई भेटेर आफ्ना माग संबोधनका लागि आग्रह गर्ने भएका छन् ।

बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र बुझाउने छन् ।

ज्ञापनपत्रमा नागरिकता समस्याको समाधान, बन्दी रिहाई, संविधान संशोधनलगायत माग उल्लेख रहेको लोसपाका एक नेताले जानकारी दिए ।