Breaking

काठमाडौं महानगरपालिकामा कल सेन्टर सञ्चालनमा


काठमाडौँ — काठमाडौं महानगरपालिकाले कल सेन्टर गुनासो व्यवस्थापन तथा सोधपुछ केन्द्र सञ्चालनमा ल्याएको छ । महानगरको १६ जेठमा बसेको पहिलो कार्यपालिका बैठकले ७ दिनभित्र कल सेन्टर सञ्चालन गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार सोमबारदेखि राष्ट्रिय सभागृहमा केन्द्रमा कल सेन्टर सञ्चालनमा ल्याइएको महानगरले जनाएको छ ।

काठमाडौं बासीको गुनासो सुन्नका लागि कलसेन्टर सञ्चालनमा ल्याएको भन्दै महानगरका मेयर बालेन्द्र साह बालेनले जनताले प्रश्न सोध्न पाउनुपर्ने तर्क गरे । उनले महानगरमा भएका समस्या, गुनासो सुन्नका लागि कलसेन्टर ल्याएको बताए । महानगरले निः शुल्क टेलिफोन नम्बर १६६००१ ०५५११ मा सम्पर्क गर्न सकिनेछ ।

महानगरका सूचना प्रविधि विभागका प्रमुख नमराज ढकालका अनुसार कल सेन्टरको क्षमता एकैपटक १५ वटा टेलिफोन रिसिभ गर्न सकिने छ । कल सेन्टरमा कसैले टेलिफोन गरेपछि त्यो सीडीआर कल डिटेल रेकर्ड महानगरको सर्भरमा रेकर्ड हुने व्यवस्था गरिएका उनले बताए ।