Breaking

नवलपरासी पश्चिममा एक व्यक्ति गोली चलाएर फरार


काठमाडौँ — नवलपरासी पश्चिम जिल्ला अदालतमा गोली चलेको छ। सोमबार दिउँसो साढे ३ बजे जिल्ला अदालत नवलपरासी पश्चिममा एक व्यक्तिले गोली चलाएर फरार भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ऋषिराज कँडेलले जानकारी दिए। सरावल गाउँपालिका(४ मंगलापुर बस्ने ३० वर्षीया रोशनी यादव र ३० वर्षीय हंशराज यादवबीच जग्गा विवाद थियो।

उनीहरूको विवादबारे छलफल गर्न अदालत बोलाएकोमा हंशराज यादवले गोली चलाएको प्रहरी उपरीक्षक कँडेलले जानकारी दिए। घटनाबारे खबर पाएपछि प्रहरी उपरीक्षक कँडेलको कमान्डमा ११ जनाको टोली खटिएको छ। यादव अझै फरार छन्। गोलीले कसैलाई नलागेको कँडेलले बताए। प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।