Breaking

हटाइएका मन्त्रीलाई मन्त्रीपरिषद्को बैठकमा आउन आग्रह


काठमाडौँ — नेकपा एकीकृत समाजवादी पार्टी नेपालले मन्त्रीबाट हटाइएका चारजनालाई प्रधानमन्त्री शेरबहादुर देउवाले बालुवाटार बोलाएर मन्त्रीपरिषद्को बैठकमा आउन आग्रह गरेका छन् । नेकपा एकीकृत समाजवादीले मन्त्रीहरू विरोध खतिवडा, रामकुमारी झाँक्री, प्रेम आले र कृष्ण कुमार श्रेष्ठलाई सरकारबाट फिर्ता बोलाएर निर्णय गरेको थियो ।

उनीहरुलाई फिर्ता बोलाएर भवानी खापुङ, मेटमणि चौधरी, जीवनराम श्रेष्ठ र शेरबहादुर कुँवरलाई मन्त्रीमा पठाउने पार्टीले निर्णय गरेको छ । आज नयाँ मन्त्रीहरुले शपथग्रहण हुने चर्चा चलिरहेकै बेला प्रधानमन्त्री देउवाले चारजना मन्त्रीलाई बालुवाटारमा बोलाएर अहिले मन्त्रीपरिषद्को बैठकमा सहभागी हुन आग्रह गरेको नागरिक उड्डयन तथा संस्कृति मन्त्री प्रेम आलेमगरले बताए ।