Breaking

टेकुस्थित पेट्रोल पम्पमा इन्धन राख्ने ट्यांकी बिस्फोट , दुई जना घाइते

योहो संवाददाता

काठमाडौँ — काठमाडौंको टेकुस्थित पेट्रोल पम्पमा इन्धन राख्ने ट्यांकी बिस्फोट हुँदा दुई जना घाइते भएका छन्। आइतबार साँझ ५ बजे काठमाडौं महानगरपालिका(१२ टेकुस्थित कनक पम्पमा ट्यांकीमा बिस्फोट हुँदा दुई जना घाइते भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। इन्धन राख्ने ट्यांकीको ढक्कन वेल्डिङ गर्ने क्रममा अकस्मात भित्रबाट ग्यास बिस्फोट भएको उनले बताए।

खाली भइसकेको ट्याङ्की ग्यासले भरिएको र ढक्कन वेल्डिङ गर्नेक्रममा पड्किएको प्रहरीले जनाएको छ। बिस्फोट हुँदा पर्सा जगन्नाथपुर गाउँपालिका(३ घर भई काठमाडौंको कालिमाटी बस्ने ३० वर्षीया किशोरी साह र १८ वर्षीय दीपककुमार साह घाइते छन्। किशोरीको बायाँ खुट्टा जलेर फ्र्याक्चर भएको र दाहिने खुट्टा, अनुहार दुबै हात र छाती जलेको प्रहरी उपरीक्षक मैनालीले बताए। उनी हल्का बोल्न सक्ने अवस्थामा रहेको उनले बताए। त्यस्तै शाहको बायाँ गालामा पोलेको छ। उनी बोल्न सक्ने अवस्थामा छन्।