Breaking

दिक्तेल नगरमा उदाए तिर्थराज, काठको कुर्सीमा बसेर ५ वर्षे सपना देख्दै


काठमाडौँ — खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नयाँ नेतृत्व पाएसँगै निर्माणले तिब्रता पाउन दिन थालेको छ । भौतिक संरचनाको स्तरउन्नती गर्ने देखि सामाजिक सुरक्षा भत्ता वितरण कार्यक्रम वडामै पु¥याउने सम्मका कार्यक्रमहरु ऋघि बढेको छ । खोटाङको सदरमुकाम समेत रहेको दिक्तेल रुपाकोट मझुवागडी नगरपालिकामा दोस्रो कार्यकालका लागि निर्वाचित जनप्रतिनिधिहरु विकास निर्माणमा सक्रिय बनिसकेका छन् । नेपाली काँग्रेसका नेता तिर्थराज भट्टराई मेयरमा निर्वाचित भएपछि उनले सुशासनलाई पहिलो प्राथमिकतामा राखेका छन् ।

खानेपानी स्वास्थ्य पूर्वाधार कृषि र शिक्षा क्षेत्रमा विषेश प्राथमिकता दिने नवनिर्वाचित मेयर भट्टराईको योजना छ । कृषि उपार्जनलाई बढवा दिई अर्गानिक नगरपालिका बनाउने नगरपालिकाको यस अघिको प्राथमिकतालाई निरन्तरता दिँदै कृषकलाई सहजीकरण गर्ने र बजार प्रवद्र्धनमा आफू दत्तचित्त हुने उनले बताएका छन् ।

जिम्मेवारी सम्हालेको साता दिन नवित्दै दिक्तेलबजारमा लामो समयदेखि रोकिएको सडक ढलान सुरु गर्न लगाइसकेका छन् । दोर्पामा जन्मीएका तिर्थराज भट्टराई नेपाली काँग्रेसको गाउँ तहमा खटिएर राजनीति गरेका अति साधारण जीवनशैलीका व्यक्ति हुन् । विलासी जीवनलाई वेवास्ता गर्ने भट्टराई नगर प्रमुखमा निर्वाचित भएपछि जनताले पनि नगरको थप विकास हुने अपेक्षा गरेका छन् । उनले जनताको स्तर अनुसार आफ्नो आशन हुने भन्दै नगरपालिकाको महंगो कुर्सी हटाएर कार्यकक्षमा काठको स्थानीय साधारण कुर्सी प्रयोग गर्न थालेका छन् ।

विभिन्न दलहरुको प्रतिनिधित्व गरि उम्मेदवार बने पनि निर्वाचित भइसकेपछि जनप्रतिनिधिहरुले नगको हितमा एकाग्र भएर मिलेर काम गर्ने लक्ष्य लिएका छन् । गएको ५ वर्षको विकासको एउटा चरण पार भए पनि विकासका थुप्रै आधारहरु तयार पार्न बाँकी रहेकाले आफूहरु भौतिक पूर्वाधार र जिविकोपार्जनको काममा तल्लीन रहने उपप्रमख विशन राईले बताए ।

यस नगरपालिकाले सामाजिक सुरक्षा भत्ता वितरण कार्यक्रम वडामै पु¥याउने तयारी सुरु गरेको छ । बैकिङ प्रणालीबाट सामाजिक सुरक्षा भत्ता वितरण गर्दा वृद्धवृद्धालाई अचाक्ली सास्ती भएको भन्दै वडामै पु¥याउने तयारी थालेको हो । दिक्तेल नगरपालिकाको आगामी ५ वर्षे कार्यकालका लागि अधिकांश नयाँ अनुहार जनप्रतिनिधिको रुपमा आएका छन् ।

अघिल्लो कार्यकालका जनप्रतिनिधिले गरेका कतिपय उल्लेखनीय कामलाई निरन्तरता दिँदै नयाँ योजनाहरु लगु गर्ने तयारीमा उनीहरु द्येखिएका छन् । आगामी आर्थिक वर्षमा कस्ता योजनलाई प्राथमिकता दिई बजेट छुट्याउने भन्ने तयारीमा नवनिर्वाचित जनप्रतिनिधिहरु व्यस्त छन् । सबै वडामा पुगेको सडकलाई व्यवस्थति र स्तरोनन्नती गर्ने, कृषि उत्पादनलाई व्यवसायीक बनाउने, सिंचाई सुविधा र बजारीकरणमा जनप्रतिनिधिले पहिलो काम गर्नु पर्ने नगरवासीहरुको सुझाव छ । वडा तहका जनप्रतिनिधिले पनि जनभावनालाई मध्यनजर गर्ने बताएका छन् ।

शिक्षा तथा स्वास्थ्यलाई स्थानीय तहले अझै पर्याप्त सुविधायुक्त बनाउन नसकेको नगरवासीहरुको गुनासो रहेको छ । त्यसो त नवनिर्वाचित जनप्रतिनिधिहरुले जनभावनालाई समेटेर कति काम गर्न सक्छन् ? वास्तविक परिक्षा सुरु भएको छ ।