काठमाडौँ — गुल्मीमा माछा मार्ने क्रममा डुबेर एकजनाको मृत्यु भएको छ । शनिबार दिउँसो छल्दी खोलामा माछा मार्न गएका इश्मा गाउँपालिका वडा नम्बर २ का ४१ वर्षीय झविलाल कुमालको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक माधव खरेलले जानकारी दिए ।
कुमाललाई खोलामा डुबेको अवस्थामा स्थानीय बासिन्दाले देखेपछि प्रहरीलाई खबर गरेका थिए । कुमालको शवलाई पोष्टमार्टमका लागि गुल्मी अस्पतालमा ल्याइएको प्रहरीले जनाएको छ ।
शवलाई पोष्टमार्टम गरी आफन्तको जिम्मा लगाउने जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।


प्रतिक्रिया