देश

धनकुटा नगरपालिकाको मेयरमा एमालेका तामाङ विजयी


काठमाडौँ — धनकुटा नगरपालिकाको मेयरमा पुनः नेकपा एमालेका उम्मेदवार चिन्तन तामाङ विजयी भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले आज दिउँसो सार्वजनिक गरेको अन्तिम मत परिणामअनुसार सात हजार ६ सय ६६ मतसहित एमाले उम्मेदवार तामाङ विजयी भएको हो ।

प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार दिनेश राईले सात हजार ६ सय ५२ मत प्राप्त गरे । गठबन्धनको तर्फबाट उम्मेदवार बनेका कांग्रेस जिल्ला सभापति राई १४ मतको झिनो अन्तरले पराजित भए ।