काठमाडौँ — ललितपुर महानगरपालिका १४ का वडाध्यक्षका उम्मेदवारको निधन भएको छ । निवर्तमान वडाध्यक्ष समेत रहेका रामबाबु महतको मंगलबार बिहान निधन भएको ललितपुर प्रहरीले जनाएको छ ।
उनी यसअघि नेपाली कांग्रेसबाट ललितपुर १४ को अध्यक्षमा निर्वाचित भएका थिए । तर यसपटक पार्टीले टिकट नदिएछि उनले स्वतन्त्र उम्मेदारी दिएका थिए । महतको चुनाव चिन्ह पुतली थियो । यो वडामा मतगणना हुँन बाँकी छ ।


प्रतिक्रिया