काठमाडौँ — काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले अग्रता कायम राख्दै आउनु भएको छ । पछिल्लो मत परिणाम अनुसार एमालेका मेयरका उम्मेदवार केशव स्थापितलाई करिव दोब्बर मतले पछि पार्दै स्वतन्त्र उम्मेदवार साहले आफ्नो अग्रतालाई निरन्तरता दिनु भएको हो । जस अनुसार साहले ६३९८ मत प्राप्त गर्नु भएको छ भने एमालेका मेयरका उम्मेदवार स्थापितले ३३४७ मत ल्याउनु भएको छ । हालसम्म जम्मा १७८०८ मत खसेकोमा सत्तारुढ गठबन्धनकी उम्मेदवार सृजना सिंहले भने २९६७ मत ल्याउनु भएको सहायक निर्वाचन अधिकृत प्रेस प्रसाद पौडेलले जानकारी दिनु भयो ।
त्यसैगरी मेयर पदको तराजु चिन्हले ७७ मत, हलोले ५९२, मादलले ८, कुखुराको भालेले ३ हृदयले ११ मत प्राप्त गरेको छ । त्यसै गरी एमालेका उपमेयरकी उम्मेदवार सुनिता डंगोलले ६५५७ मत ल्याई अग्रता कायम गर्नु भएको छ भने उहाँका निकटतम प्रतिद्धन्दी नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार १८५५ मत ल्याउनु भएको छ । हलो चुनाव चिन्हलाई १३७८, तराजुलाई २९३, करुवालाई १०, बाघलाई ३ खरायोलाई २, भुईकटरलाई १ मत परेको छ ।


प्रतिक्रिया