Breaking

के कस्ता छन् नवनिर्वाचित जनप्रतिनिधिको आगामी कार्ययोजना, जनअपेक्षा अनुसार काम गर्न सक्लान् ?


काठमाडौँ — वर्तमान संविधान जारी भईसकेपछि दोस्रो स्थानीय तहको निर्वाचन शुक्रबार मात्र सम्पन्न भयो । देशैभर एकसाथ सम्पन्न स्थानीय तहको निर्वाचन प्रक्रिया सकिएसँगै चुनावको मतपरिणाम आउने क्रम पनि जारी छ । विजयी भएका जनप्रतिनिधिहरुको आगामी पाँच वर्षमा के कस्ता काम गर्ने कार्ययोजना छ त ? शुक्रबार सम्पन्न मतदानपछि मतपरिणामको विषयलाई लिएर अहिले देशको माहोल तातेको छ । देशैभरबाट ६४ प्रतिशत मात्र मत खसेको स्थानीय तहमा कुन पार्टी र उम्मेदवारले जित निकाल्यो भन्नेमा आम मानिसको सर्वत्र चासो बनेको देखिन्छ ।

घण्टा-घण्टामा फरक मतपरिणाम आइनै रहेको छ । मत गणनाको दुई दिन बितिसक्दा देशैभरका ३० भन्दाबढी स्थानीय तहको मतपरिणाम आउँदा विजयी हुनेमा नेकपा एमाले अगाडि रहेपनि अग्रताका हिसावले कांग्रेस अगाडि देखिन्छ । यो रिपोर्ट तयार गर्दासम्म कांग्रेसले २६३ स्थानमा अग्रता लिदा एमाले १९३ स्थानमा आफ्नो पकड बनाएको छ । मतपरिणाम आइसकेका स्थानहरुमा जनप्रतिनिधिहरुले अबको पाँच वर्ष कसरी काम गर्लान् भन्ने जिज्ञासा सवत्र छ । हुन त उम्मेदवारहरु निर्वाचन हुनुअघि नै घोषणापत्र र प्रतिबद्धता पत्र लिएर जनतासामु पुगिसकेका थिए ।

तर, निर्वाचन अघि र पछि घोषणापत्र कागजमै सीमित भएको पनि विगतको भोगाइले देखाएको नै हो । यस्तोमा उम्मेदवारहरु जनप्रतिनिधि बनिसकेपछि आफ्ना कार्ययोजना भित्र केलाई प्राथमिकतामा राख्ने छन् ? भन्ने जिज्ञासा हुनु स्वभाविक नै हो । अघिल्लो चुनावमा हिमाली जिल्ला सोलुखुम्बुको खुम्बु पासाङ लाम्हु गाँउपालिकाको वडाध्यक्षमा चुनिएका मिङ्मा छिरिङ शेर्पा यसपटक पनि नेकपा एमालबाट गाँउपालिकाको अध्यक्षमा निर्वाचित भए ।

शेर्पाले विगतको ५ वर्षमा नगरेका केके काम आगामी पाँच वर्षमा गर्ने कार्ययोजना बनाएका छन् त ? अघिल्लो चुनावको विकासलाई हेर्ने हो भने अधिकांश जनप्रतिनिधिको प्राथमिकतामा सडक स्तरोन्नती परेको देखिन्छ । दोर्दी गाँउपालिका २ माा एमालेबाट वडाध्यक्षमा विजयी भएका गणेशबहादु खत्रीले यस पटक भने शिक्षा, स्वास्थ्य रोजगारीलाई प्राथमिकतामा राख्ने बताए । स्थानीय प्रतिनिधिहरुको कार्यकाल खासै उपलब्धी मुृलक हुन सकेको छैन ।

यद्यपी जारी विकास निर्माण र भौतिक विकासका काम पूरा गर्ने सपनाका साथ उनीहरु निर्वाचित बनेका छन् । फलत नयाँ अनुहार भन्दा यसरी कार्यकाल दोहोर्याउनेहरुमा चुनौती समेत बढी छ । उनीहरुले आगामी कार्यकालमा देखाउने कार्यकौशलताले नेतृत्व प्रतिको स्थानीयको धारण निर्माण गर्ने छ ।