Breaking

महानगरमा मतगणना कछुवाको गतिमा, समर्थक र उम्मेदवार आक्रोशित, कहिले आउँछ परिणाम ?


काठमाडौँ — स्थानीय तह निर्वाचनको मतदान सम्पन्न भएको दुई दिन वित्यो । कम मतदाता भएका स्थानीय तहहरुमा अन्तिम मत परिणाम सार्वजनिक हुने क्रम जारी छ । तर धेरै मतदाता र सबैको चासोमा रहेको महानगर, नगरपालिकामा मतगणना कछुवाको गतिमा छ । उम्मेदवार र उनीहरका समर्थक मतगणना चुस्त बनाउनु पर्ने भन्दै दवाव दिईरहेका छन । राष्ट्रिय सभागृहमा काठमाडौ महानगरपालिकाको ३२ वटा वडाको मतगणना सुरु भएको लगभग ३६ घण्टा वित्यो ।

सभागृह वाहिरा समर्थकहरुको उत्साहपूर्ण उपस्थिति छ । मतपरिणामको व्यग्र प्रतिक्षामा रहेकामा यी समर्थकहरु अन्तिम मतपरिणमको प्रतिक्षामा छ । यहाँ उपस्थित समर्थक उम्मेदवारलाई मात्र होइन काठमाडौं महानगरपालिको मतपरिणामलाई लिएर सर्वत्र चासो छ । तर यो अवधिमा करिव ९ हजार मात्र मत गणना भएको छ । ३२ वटा वडाको मतगणना जम्मा ६ वटा स्थानबाट भईरहेको छ । मतगणना कार्य अति सुस्त भएको भन्दै उम्मेदवार र समर्थकहरु आलोचनामा उत्रिएका छन ।

यहि स्थितिमा मत गणना भएर १०/१५ दिनमा पनि मत गनेर नसक्ने भन्दै उम्मेदवारहरु आक्रोशित छन । घाम पानी सबैलाई छलेर मात्र आफुले समर्थन गरेका उम्मेदवारको नतिजा कुरेर बसेका समर्थकहरु आयोगले यथाशक्य छिटो जनशतिm थपेर मतगणनालाई चुस्त बनाउन आग्रह गर्छन । देशका अधिकांश महानगरपालिका, नगरपालिका र गाउँपालिकामा समेत मतगणना कार्य अति सुस्त भएको भन्दै कतिपय स्थानमा विरोध समेत भएका छन ।

कम मतदाता भएका स्थानीय तहहरुमा अन्तिम मत परिणाम सार्वजनिक भइरहँदा धेरै मतदाता भएका र सबैको चासोमा रहेका महानगर, नगरपालिकाहरुमा भने मत गणना अति सुस्त छ । मतपत्रमा धेरै सङ्ख्यामा रहेका चुनाव चिन्ह, उम्मेदवारका प्रतिनिधिबीचको सदर कि बदर जस्ता विषयले