Breaking

२७ पालिकाको मतपरिणाम सार्वजनिक हुँदा एमाले नै पहिलो दल बन्न सफल


काठमाडौँ — हालसम्म अन्तिम नतिजा आएका २७ मध्ये एमाले १२ पालिकामा विजयी भएको छ । त्यसैगरी कांग्रेस ९, माओवादी केन्द्र ४ र एकीकृत समाजवादी २ पालिकामा विजयी भएको छ । काँग्रेसले मनाङका नार्पाभूमी, नासो, मुस्ताङको घरपोझोङ, गुल्मीका गुल्मी दरबार र मुसिकोट, डडेलधुराको गन्यापधुरा, हुम्लाको खार्पुनाथ र डोटीको बडिकेदार गाउँपालिका जितेको छ ।

यस्तै, एमालेले मुस्ताङका घेकर दामोदरकुण्ड, लोमन्थाङ, बाह्रगाउँ मुक्तिक्षेत्र, मनाङका चामे र ङिस्याङ, सोलुखुम्बुको खुम्बु पासाङल्हामु, डोल्पाको से फोक्सुण्डो र बझाङको साइपाल गाउँपालिका जितेको छ । कांग्रेसले २६१ पालिकामा अग्रता लिएको छ ।

एमालेले १८९ पालिकामा अग्रता लिएको छ । माओवादी केन्द्र तेस्रो स्थानमा रहेर १११ पालिकामा अग्रता लिएको छ । जसपा २८ र एकीकृत समाजवादीले १२ पालिकामा अग्रता लिएका छन् ।