देश

झापाको हल्दीबारीमा राष्ट्रिय प्रजातन्त्र पार्टीको अग्रता


काठमाडौँ — झापाको हल्दीबारी गाउँपालिकाको अध्यक्षमा राप्रपाले अग्रता लिएको छ । ३०१ मत गणना हुँदा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्षका उम्मेदवार रवीन्द्रप्रसाद लिङदेनले १२९ मत ल्याएका छन् । दोस्रोमा एमालेका डम्बरबहादुर गिरी रहेका छन् । उनले ११५ मत ल्याएका छन् ।

त्यस्तै, नेपाली कांग्रेसका तुलसीप्रसाद ओलीले २२ तथा माओवादीका भवानीप्रसाद दंगालले १२ मत ल्याएका छन् । उपाध्यक्ष पदमा एमालेका शान्ता देवी गौतमको ११६, राप्रपाका लक्ष्मीदेवी मैनालीको ९१, स्वतन्त्र उम्मेद्वार लखन हेमरमको २९ तथा माओवादीका टिकादेवी राउतको १५ मत रहेको छ ।