Breaking

भक्तपुरको सूर्यविनायकमा एमालेको सुरूआती अग्रता


काठमाडौँ — भक्तपुरको सूर्यविनायक नगरपालिकामा नेकपा एमालेले सुरूआती अग्रता लिएको छ । ३६५ मत गणनामा एमालेका बासुदेव थापालेले १९८ मत पाएका छन् । यस्तै राप्रपाकी राधिका रानाभाटले ७० मत पाएकी छन् । नेपाली कांग्रेसका निशान ढुंगेलले ६३ मत ल्याएर तेस्रो स्थानमा छन् ।

उपप्रमुखमा पनि नेकपा एमालेले अग्रता लिएको छ । एमालेकी सरिता भट्टराई तिमल्सिनाले १९७ मत पाएकी छन् भने राप्रपाका प्रविन शर्मा ढुंगेल ७० मत ल्याएर पछ्याइरहेका छन् ।