Breaking

स्थानीय तहको निर्वाचन सफल भयो त ? १६ जनाको ज्यान गयो, गोली चल्यो


काठमाडौँ —देशभरका केही पालिकामा बाहेक स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ । तर राजनीतिक दलका नेता कार्यकर्ताले मच्चाएको अराजकताले निर्वाचनलाई धाँधलीरहित राख्न सकेन । कोही सिलिण्डर बोकेरै अक्सिजनको साहरामा भोट हाल्न पुगे भने, कोही घिर्सिदैं–घिर्सिदै मतदानस्थलसम्म पुगेर मताधिकारको प्रयोग गरे । बैतडीकी ११३ बर्षीया मानमती भट्टले सकिनसकी मतदानस्थलसम्म पुगेर भोट खसालिन् ।

दाङकी१०४ बर्षियाकमला शर्मा र प्यूठानकी दूर्मती पुनले यही निर्वाचनमा मतदान गरे । बैतडीका ८४ बर्षीय र ७० बर्षीय दुई वृद्धले मतदान गरिसकेपछि प्राण त्यागे ।जीवनको अन्तिम समयसम्म आफ्नो मतलाई देश बदल्ने हतियारका रुपमा प्रयोग गर्न खोजेका उनीहरुकै कारण निर्वाचन लोकतन्त्रको सुन्दर पक्ष सावित भयो । तर यही निर्वाचनलाई अशान्त बनाउन राजनीतिक दलका नेता कार्यकर्ताले देशका ७० बढी स्थानमा झडपजन्माए ।

जसलाईनियन्त्रणमा लिन सुरक्षाकर्मीले एक सय राउन्डभन्दा बढी हवाई फायर गर्नुप¥यो भने, दुई दर्जनभन्दा धेरै घाइते भएका छन् । फलतः यसबर्षको स्थानीय तह निर्वाचनसमेत धाँधलीरहित हुन सकेन ।पाँच स्थानीय तहको निर्वाचन नै स्थगित भएको छ । तथापी तमाम अन्योल र आशंकाबीच शुक्रवार स्थानीय तह निर्वाचनमा झण्डै ६५ प्रतिशत मतदान भएको छ, भने सम्भव भएका स्थानमा आजै मतगणना सुरु हुने निर्वाचन आयोगले बताएको छ ।

सत्ता गठबन्धनमै आवद्ध दलहरुबीच भएका झडप र विपक्षी एमालेसँग भएका झडपमा प्रहरीले गोली चलाउँदा कयौं घाइते भएका छन् । रौतहटमा मतपेटीकामै आगजनी गरिएको छ । मतपत्र बोकेर भागेका दृश्यले निर्वाचन प्रणालीकै धज्जी उडाउने काम गरेको छ । बाराका चार मतदान केन्द्र नै रद्द गरिएको छ । राजनीतिक दलहरुबाटै मतदानलाई प्रभावित पार्ने काम भएको भन्दै निर्वाचन आयोगले असन्तुष्टि जनाएको छ । राज्यको नजरअन्दाजमा परेका तिङकर र छाङगरुमा मतदान सफल भयो ।अपवादलाई पन्छाएर हेर्दा प्रचण्ड गर्मी र झरीको पर्वाह नगरी मतदाताले आफ्नो मतको दान गरेका छन् ।