देश

भरतपुरमा १२ बजेदेखि मतगणना गर्ने तयारी


काठमाडौँ — चितवनको भरतपुर महानगरपालिकाको मतगणनाका लागि शुक्रबार राति ९ बजे सर्वदलीय बैठक बस्ने भएको छ । सबै मत पेटी संकलन गरेर मात्रै सर्वदलीय बैठक बस्ने भएको हो । सर्वदलीय बैठक सकिएपछि राति १२ बजेदेखि मात्रै मतगणना हुन सक्ने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

भरतपुरको मेयरमा मुख्यतः गठबन्धनको तर्फबाट माओवादी केन्द्रकी रेनु दाहाल र एमालेका विजय सुवेदीबीच प्रतिस्पर्धा हुने ठानिएको छ । अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी केन्द्रमा मतगणना हुनेछ ।