Breaking

संखुवासभामा विस्फोट


काठमाडौँ — चैनपुर–४ को बालज्योति आदर्श स्कुल मतदान केन्द्रभन्दा करीब १५–२० मिटरको दूरीमा रहेको बाँसको झ्याङमा विस्फोट भएको आवाज आएको १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी नवीन राईले जानकारी दिए ।

घटनास्थलतर्फ नेपाली सेनाको बम डिस्पोजल टोली हिँडेको छ । विष्फोट भएको वस्तु के हो भन्ने हालसम्म खुलेको छैन । यसले मतदानमा भने कुनै प्रभाव नपारेको एसपी राईले जानकारी दिए ।