देश

७ बजेदेखि यातायात खुल्ने


काठमाडौँ — उपत्यकामा साँझ ७ बजेदेखि यातायातका साधन सञ्चालन गर्न पाइने भएको छ । ट्राफिक प्रहरी महाशाखाले साँझ ७ बजेदेखि सार्वजनिक सहित सबैखाले यातायातका साधन सञ्चालन गर्न दिनेगरी निर्णय भएको जनाएको छ । महाशाखाका सहायक प्रवक्ता डीएसपी बालनरसिंह राणाले साँझ ७ बजेदेखि यातायातको साधन चल्न दिइने बताए ।

उनले आज दिनभरमा नियमविपरीत सञ्चालनमा आएका सवारी साधनलाई होल्ड गरिएको र ती सबै साँझ छाडिने बताए । स्थानीय तह निर्वाचनका लागि शुक्रबार यातायातका साधन बन्द गरिएको थियो । निर्वाचन बिहान ७ बजेदेखि सुरु भइ साँझ ५ बजे सम्पन्न भएको छ ।