काठमाडौँ — रोल्पाको लुङ्ग्री ४ मा केहीबेर मतदान रोकिएको छ । दलका प्रतिनिधिहरुबीच सुरु भएको विवादले स्थिति असामान्य भएपछि केहीबेर मतदान रोकिएको हो । अहिले भने सर्वदलीय बैठकपछि मतदान सुरु भएको मुख्य निर्वाचन अधिकृत धृता कुमारी खत्रीले जानकारी दिइन् । गएराति रोल्पाको थवाङमा माओवादी केन्द्र र एमाले–कांग्रेस गठबन्धनका कार्यकर्ताहरुबीच झडप भएपछि सम्पर्कविहीन भएका दुई जना अझै सम्पर्कमा आएका छैनन् । जिल्लाका अन्य स्थानमा भने मतदान शान्तिपूर्ण रुपमा भइरहेको जिल्ला प्रहरी प्रमुख विनोद घिमिरेले जानकारी दिए ।
देश


प्रतिक्रिया