Breaking

ओखलढुंगामा हवाई फायर


काठमाडौँ — ओखलढुंगाको चम्पादेवी गाउँपालिका–९, मिश्र भन्ज्यांङमा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको छ । झडपका क्रममा स्थितिलाई नियन्त्रणमा लिन ९ राउण्ड हवाई फायर गरिएको जिल्ला प्रहरी कार्यालय, ओखलढुंगाका प्रमुख डीएसपी सुकदेव खनालले बताए ।

उनका अनुसार जीवनज्योति आधारभूत विद्यालयमा बिहान ९ बजे कांग्रेस र एमाले कार्यकर्ताबीच लाइन बस्ने विषयमा विवाद भएको थियो । त्यसक्रममा झडप भएको प्रहरीले जनाएको छ । प्रहरीले सम्झाउन खोज्दा बुथमा लगाएको बार नाघेर मतदान सामग्री भएको ठाउँमा प्रवेश गरेपछि हवाई फायर गर्नु परेको थियो’ खनालले भने । अहिले सर्वदलीय बैठक बोलाएर १० स् ४५ बजेबाट मतदान पुनः सुचारु भएको उनले बताए ।