Breaking

वर्षाका कारण हुम्लामा मतदान प्रभावित


काठमाडौँ — वर्षाका कारण हुम्लाका तीन वटा मतदान केन्द्रमा मतदान प्रक्रिया सुरु हुन ढिलाइ भएको जिल्ला निर्वाचन कार्यालय हुम्लाले जनाएको छ । निर्वाचन कार्यालयका अनुसार वर्षाका कारण नाम्खा गाउँपालिकाको महाबौद्ध मावि, धुमछुमी आधारभूत विद्यालय भुवा कलाश र स्वयम्भु आधारभूत विद्यालय बराई मतदान केन्द्रमा मतदान सुरु हुन नसकेको हो । चंखेली गाउँपालिका(५ को डाँफे आधारभूत विद्यालय नेप्का र सर्केगाड गाउँपालिका( ८ को अंशुवर्मा आधारभूत विद्यालय मतदान केन्द्रमा भने मतदान जारी रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।