काठमाडौं — महानगरपालिकाका मेयरका उम्मेदवार बालेनले काठमाडौंले खोजेको परिर्वतनको सपना आज साकार हुने बताएका छन् । काठमाडौंको बसन्तपुर मतदान केन्द्रमा सञ्चारकर्मीसँग कुराकानी गर्दै बालेनले भने, ‘यसपाली मतदाताहरु साँच्चै खुशी छन् । परिर्वतन गर्न मतदाताहरु उत्साहित भएका छन् । आज ५ बजेपछि परिवर्तन आउँछ ।’ काठमाडौंको मेयरमा ५० जना उम्मेदवार छन् । बालेन स्वतन्त्र उम्मेदवार हुन् । मतदान स्थलको अवलोकनका क्रममा बसन्तपुर पुगेका उनले आफूलाई मात्र नभई सबै स्थानीय तहमा असल मान्छेहरुलाई मत दिन आग्रह गरेको सुनाए । बालेनले ११ बजे तिनकुनेस्थित अन्नपूर्ण विद्यालयबाट मतदान गर्दै छन् ।
देश


प्रतिक्रिया