काठमाडौँ — काठमाडौं महानगरपालिकाबाट नेकपा एमालेका मेयर पदका उम्मेदवार केशव स्थापितले मतदान गरेका छन् । उहाले बागबजार स्थित पद्मकन्या क्याम्पसबाट मतदान गरेका हुन् ।काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवार केशव स्थापितले मतदान गरेपछि आनन्द महसुश गरेको प्रतिक्रिया दिएका छन् ।
मतदान पछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै आफ्नो सबै प्रतिवद्धता पूरा गर्ने बताएका हुन् । उनले मतदाताहरुलाई उत्साहित भएर मतदान गर्न आग्रह गरेका थिए । ‘मतदान गर्ने, मौनमा बस्ने, आकाशितर हेरेर,’ उनले भने,‘आजका दिनमा म मतदाता प्रभावित गर्दिनँ ।’ आफू कमलको फूलजस्तै फुल्ने बताए । ‘हिलो छ, गड्यौला छ र पनि फुल्छु,’ उनले भने ।


प्रतिक्रिया