देश

महिला कर्मचारी मात्रै भएको बालमन्दिर मतदान केन्द्र


काठमाडौँ — पालिका चुनावमा गोरखाको एउटा मतदान केन्द्रमा महिला कर्मचारीहरु मात्रै खटाइएको छ । गोरखा नगरपालिका ६ को बालमन्दिर मावि छहरे मतदान केन्द्र महिला कर्मचारीहरु मात्रै रहेका छन् । त्यहाँ मतदान अधिकृतसहित सबै कर्मचारी महिला मात्रै रहेका सहायक निर्वाचन अधिकृत रामचन्द्र केसीले जानकारी दिए ।

यस मतदान केन्द्रमा ५ जना महिला कर्मचारी खटाइएको छ । जसमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाईकी प्रमुख वरिष्ठ कृषि अधिकृत पूर्ण ढुङ्गाना मतदान अधिकृत र गोरखा नगरपालिकाकी अधिकृत जानुका कुँवर सहायक मतदान अधिकृत रहेका छन् । दुई जना सहायक कर्मचारीमा जिल्ला अदालतकी नायब सुब्बा सुष्मा अधिकारी र जिल्ला प्रशासन कार्यालयकी नायब सुब्बा सिर्जना श्रेष्ठ तथा कार्यलय सहयोगीमा जिल्ला अदालतकी कालीका ओली रहेका छन् । यस मतदान केन्द्रमा ९ सय ८० जना मतदाता रहेका छन् ।