Breaking

पुर्वमन्त्री बस्नेत चढेको गाडी दुर्घटना


काठमाडौँ — पूर्वसामान्य प्रशासनमन्त्री टेकबहादुर बस्नेत सवार गाडी दुर्घटनामा परेको छ । सल्यानबाट दाङ आउँदै गरेको गाडी दुर्घटनामा परी बस्नेतसहित १० जना घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी श्यामु अर्यालले बताए । उनका अनुसार तुलसीपुर उपमहानगर ३ राणा गाउँमा बलेरो र एम्बुलेन्स ठोक्किदा दुर्घटना भएको हो । दुर्घटनामा परी पूर्वमन्त्री बस्नेतको टाउकोमा चोट लागेको छ ।

माओवादीका नेता एवं पुर्वमन्त्री बस्नेत सवार बा ८ च ६९२५ नम्बरको बोलेरो र दाङबाट सल्यानतर्फ जाँदै गरेको ना अ प ९४१ नम्बरको एम्बुलेन्ससँग ठोक्किदा दुर्घटना भएको थियो । घाइते बस्नेतसहित १० जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको डिएसपी श्यामु अर्यालले जानकारी दिए ।