काठमाडौँ — डोटीको पूर्वीचौकी गाउँपालिका ४ सानागाउँमा बिहीबार बिहान ६ बजेतिर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरीक्षक भोला भट्टले जानकारी दिए। शुक्रबार हुने स्थानीय तहको निर्वाचनका लागि मतदान गर्न भारत लगायत तराईका जिल्ला कैलाली र कञ्चनपुरबाट घर फर्किने यात्रु बोकेको बस दुर्घटनामा परेको हो ।
घाइतेहरूको उद्धारमा प्रहरी, नेपाली सेना, निर्वाचनका लागि पालिकामा खटिएका निर्वाचन अधिकृत प्रकाशबहादुर भण्डारी, स्थानीय बासी लगाएतका खटिएका छन्। प्रहरीका अनुसार घाइतेहरु मध्ये १६ जनाको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको छ भने १३ जनाको स्थानीय क्लिनिकमा उपचार भइरहेको छ । गम्भीर घाइते एक जनालाई धनगढीका लागि रिफर गरिएको छ । बस चालक फरार रहेको र उनको खोजी कार्य भइरहेको डिएसपी भट्टले जानकारी दिए । घटनाको बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । ब


प्रतिक्रिया