काठमाडौँ — अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्व अध्यक्ष गणेश थापाले हालका अध्यक्ष कर्मा छिरिङ शेर्पालाई आफूमाथिको आरोप प्रमाणित गर्न चुनौति दिएका छन् । शेर्पाले भ्रमको खेती गर्दै विना कुनै तथ्य आफुमाथि विभिन्न आरोप लगाउँदै आएको आरोप थापाले लगाएका छन् । दुई दशकभन्दा बढी एन्फाको नेतृत्व गरेका गणेश थापाले आफू र आफ्नो परिवार सात वर्षदेखि मानिसक तनावका साथ गुज्रिरहेको बताएका छन् ।
एन्फाका वर्तमान अध्यक्ष कर्मा क्षिरिङ शेर्पाले भ्रमको खेती गर्दै विना कुनै तथ्य आफुमाथि विभिन्न आरोप लगाउँदै आएका कारण आफुहरुको स्वतन्त्ररुपमा बाच्न पाउनु पर्ने अधिकारको हनन भएको कुरा समेत उनले व्यक्त गरे । थापाले बुधबार पत्रकार सम्मेलन गर्दै आफूमाथि गलत आरोप लागेको र आफूलाई न्याय चाहिएको बताए ।
अख्तियार, लेखा समितिले आफूमाथि न्याय गरिसकेको भए तापनि शेर्पाका कारण आफू अझै अन्यायमा नै परेको उनको बुझाई छ । शेर्पाले विगतको दिनमा मिडियालाई समेत भ्रममा राखि आफूविरुद्ध नचाँहिदो आरोप लगाएको उनको दावी छ । अख्तियारले ६ महिना छानबिन गर्दा पनि आरोप पुष्टी नभएको सत्य बाहिर आइसकेको हुँदा अब सबैतिरबाट आफूलाई चाहेको उनले बताए । शेर्पालाई आफूमाथि लगाएका आरोप प्रमाणित गर्न थापाले चुनैतीसमेत दिए ।
यदि आरोप प्रमाणित भए आफु कारवाही भोग्न तयार भएको अन्यथा एन्फा विधानको धारा ८ र फिफाको कोड अफ इथिक्सको आर्टिकल ५८ को बुदा नम्बर ३ अनुसा शेर्पा कारवाहीको भागिदार हुनु पर्ने उनको माग छ । एन्फा र फिफाको विधानअनुसार पनि कुनै निर्दोष व्यक्तिउपर कुनै निराधार आरोप लगाउन पाइन्न ।
कसैमाथि लगाएको आरोप झुठो सावित भएमा आरोप लगाउनेमाथि कारवाही हुने फिफा कोड अफ इथिक्समा स्पष्ट रुपमा लेखिएको छ । थापाले आफूलाई लगेको आरोप प्रति अदालत हुँदै फिफासम्म पुगेर न्यायका अपिल गर्ने पनि बताए । उनले एन्फा चुनावको संघारमा पत्रकार सम्मेलन गर्नु निर्वाचनलाई प्रभावित गर्न नभएको पनि स्प्रष्ट्याए ।


प्रतिक्रिया