देश

कपिलवस्तुको महाराजगन्जमा निर्वाचन सर्यो


काठमाडौँ — कपिलवस्तुको महाराजगन्ज नगरपालिकाको निर्वाचन सरेको छ । सो नगरपालिकामा नेपाली काँग्रेसबाट उममेयरमा उम्मेदवारी दर्ता गरेकी शुभावती कुर्मीको निधन भएपछि निर्वाचन जेठ ३ गतेका लागि सारिएको हो । निर्वाचन कार्यालयले जेठ ३ मा निर्वाचन गर्नेगरी निर्वाचन कार्यतालिका प्रकाशित गरेको छ । जसअनुसार बुधबार मनोनयन दर्ताको कार्यक्रम तय गरिएको छ ।

उम्मेदवार कुर्मीको मंगलबार हृदयघातका कारण निधन भएको थियो । उनको ठाउँमा नेपाली काँग्रेसले रिता कुमारी कुर्मीलाई उम्मेदवार बनाएको निर्वाचन कार्यालय महाराजगन्जले जनाएको छ । निर्वाचन अधिकृत कुवेर पाण्डेयले नगरपालिकाभरी नै ३ गते मतदान हुने बताए । उनले भने, आज उम्मेदवारी परेको छ । आज नै नाम प्रकाशन गरेर भोलि दिउँसो उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरिन्छ । उसो नगरपालिकामा मौन अवधि वैशाख ३१ गते साँझबाट लागु हुने छ । ​