Breaking

टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु


काठमाडौँ — काठमाडौँको कलंकीमा भएको दुर्घटना एक जनाको ज्यान गएको छ । बिहान ३ बजे बा ५ ख ७३४५ नम्बरको टिप्परको ठक्करबाट बा ८० प ६३७३ नम्बरको मोटरसाइकलका चालक धादिङका ४५ वर्षीय दिवाकर अधिकारीको ज्यान गएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उहाँको शिक्षण अस्पतालमा बिहान उपचारका क्रममा ज्यान गएको हो । टिप्पर चालकलाई प्रहरीले पक्राउ गरेको छ ।