देश

धार्मिक पुस्तक शिरमा राखेर कसम खुवाई मत माग्नेको आरोप


काठमाडोा — मुगुम कार्मारोङ गाँउपालिका ९ वडा मध्ये ८ वडामा लामा समुदायको बसोबास रहेको छ भने वडा नम्बर ९ मा क्षेत्री समुदायको बसोबास रहेको छ । लामा समुदाय बसोबास रहेको सबै गाँउमा निर्वाचनमा भाग लिएका उम्मेदवारहरुले मतदातालाई आफ्नो पक्षमा मत माग्न धार्मिक पुस्तकलाई साक्षी राखेर अन्य ब्यक्तीलाई मत नदिन दबाव दिने गरेको मुगुम कार्मारोङ्—८ का स्थानीय शेरबहादुर लामाले बताए ।

मतदाताहरुलाई धार्मिक पुस्तक शिरमा राखेर आफूहरुले मत नमागेको तर नेपाली कांग्रेसका गाँउपालिका उध्यक्ष उम्मेदवार छिरिङ क्याप्ने लामाको नेतृत्वको टिमले यस्ता गतिविधि अगाडि बढाएको मुगु कार्मारोङ गाँउपालिका नेकपा एमालेका उध्यक्ष उम्मेदवार सोनाम लामाले आरोप लगाएका छन् । मतदातालाई त्रास देखाएर धार्मिक पुस्तक शिरमा राख्न लगाई मत माग्ने गरेको आरोप झुटा भएको र विपक्षीहरुले लगाएको आरोप मात्र हुँदा यस्तो कार्य स्वयं नेकपा एमालेले गरेको कांग्रेसका अध्यक्ष उम्मेदवार छिरिङ क्याप्ने लामाले बताए ।

आचारसंहिता विपरितका गतिविधी भएको मुख्य निर्वाचन कार्यलयमा कुनै जानकारी नआएको मुख्य निर्वाचन अधिकृत कार्यालयका सूचना अधिकारी प्रकास थापाले ्जानकारी दिए । मुगुम कार्मारोङ गाँउपालिकामा स्थानीय निर्वाचनमा कांग्रेस र माओवादीले गठबन्धन गरेका छन् ।