काठमाडौँ — सिन्धुपाल्चोकमा निर्वाचन आचारसंहिता विपरित राखिएका प्रचार सामग्री हटाउन सुरू गरिएको छ । स्थानीय तह निर्वाचन आउन केही दिन मात्रै बाँकी रहँदा मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन आचारसंहितालाई कडाईका साथ लागू गर्न थालेको हो । निर्वाचन आचारसंहिता विपरितका गतिविधि रोक्न सोमबारदेखि निर्वाचन आयोगका सहन्यायाधिवक्ता उद्धव पुडासैनी सहितको टोली, सुरक्षाकर्मी लगायतले बजार अनुगमन गरेर बजार क्षेत्रका दायाँबायाँ दलहरूले राखेको पार्टीका झण्डा तथा चुनाव चिह्न हटाउन सुरू गरिएको हो ।
सार्वजानिक तथा निजी सवारी साधनमा राखेको झन्डा तथा सार्वजानिक घर विद्युतको पोल लगायत स्थानमा राखेको झन्डा हटाइएको छ । निर्वाचन आचारसंहितामा सार्वजानिक ठाँउमा झन्डा, पोष्टर निर्वाचन चिन्ह टास्न राख्न नपाउने व्यवस्था भएकाले सुरक्षाकर्मी परिचालन गरेर हटाउन थालिएको जिल्ला मुख्य निर्वाचन अधिकृत विकास शर्मा रिजालले जानकारी दिए । जिल्लामा क्रियाशील दलहरूसँग बसेर निर्वाचन आचारसंहितासम्बन्धी छलफल समेत गरेको जिल्ला निर्वाचन कार्यलयले जनाएको छ ।


प्रतिक्रिया